दफा १८
बेरुजु फछ्र्यौट गर्ने गराउने उत्तरदायित्व
(१) लेखापरीक्षणबाट औंल्याइएको बेरुजु सम्बन्धमा प्रमाण पेश गरी वा नियमित गरी गराई वा असुल उपर गरी फछ्र्यौट गर्ने दायित्व जिम्मेवार व्यक्तिको हुनेछ ।
(२) उपदफा (१) बमोजिम बेरुजु फछ्र्यौट गरे नगरेको सम्बन्धमा रेखदेख गरी प्रचलित कानुन बमोजिम फछ्र्यौट गर्न लगाउने दायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ ।